कालीगण्डकी तिनाउ डाइभर्सनबारे बुद्धिजीविको रायः लाभको सन्तुलित बाँडफाड गरीे काम अघि बढाऔँ

कालीगण्डकी तिनाउ डाइभर्सनबारे बुद्धिजीविको रायः लाभको सन्तुलित बाँडफाड गरीे काम अघि बढाऔँ

 

 

रुपन्देही

नदीको सभ्यता जोगाउँदै कालिगण्डकी( तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

सम्मृद्धि सरोकार केन्द्र र स्तम्भकार समाज रुपन्देहीले आज बुटवलको जितगढीमा आयोजना गरेको कालिगण्डकी(तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्बन्धी छलफल कार्यक्रममा सहभागीले लुम्बिनी प्रदेशको विकास र समृद्धिका लागि परियोजना महत्वपूर्ण रहेकाले यसको कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी बुद्धिजीविले कालिगण्डकी डाइभर्सन गर्दा हुने लाभको सन्तुलित बाँडफाड गरीे काम अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा तत्कालिन संबिधान सभाका सदस्य नेत्र पन्थीले कृषिको विकासमार्फत प्रदेशका नागरिकलाई आत्मनिर्भर बनाउन कालिगण्डकी( तिनाउ डाइभर्सन परियोजना कार्यान्वयनको विकल्प नरहेको बताउनुभयो । “तराइ अन्नको भण्डार हो । यो भण्डारले देशलाई धान्ने बनाउन पर्याप्त सिँचाइ आवश्यक हुन्छ, यसका लागि नदी डाइभर्सन जरुरी छ”, उहाँले भन्नुभयो ।

अर्का संबिधान सभा सदस्य विनोद पहाडीले कृसषको आधुनिकीरणका लागि कालीगण्डकी डाइभर्सन यस क्षेत्रको आवश्यकता भएको बताउनुभयो ।

संस्कृतिविद् झपेन्द्र जिसीले जनताको हितका लागि प्राकृतिक सम्पदाहरुको प्रयोग गर्दा कसैले विरोध गर्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नदी विकास र समृद्धिका लागि हुन्, विकासका कुरालाई धर्मसँग जोडेर विरोध गर्नुहुँदैन ।”

नेकपा एमालेका क्षेत्रीय इञ्चार्ज तेजेन्द्र केसीले जनताको बहुदलिय जनवादमा मदन भण्डारीले उल्लेख गर्नुभएको कार्यक्रमका रुपमा रहेकाले यो आयोजना सम्पन्न गर्ने जिम्मेवारी उहाँकै पार्टीका नेता विष्णु पौडेलले लिनु सान्दर्भिक र औचित्यपूर्ण हुने बताउनुभयो । तथापी राष्टिय गौरवको आयोजना भएकाले सबै पार्टीको उत्तिकै जिम्मेवारी लिनुपर्नेे बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले लुम्बिनी प्रदेशको तराई क्षेत्रलाई उर्वर भूमिका रुपमा विकास गरी कृषि उत्पादन बढाएर आर्थिक समृद्धि हासिल गर्न कालीगण्डकी डाइभर्सन आवश्यक रहेकाले यसलाई पूर्णता दिन सबैको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले कुनै नयाँ योजना शुरु हुँदा राजनीतिक हिसाबले विरोध हुने गरेकोे बताउँदै विकासका योजनालाई साक्षी भावले हेर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाइँले कालिगण्डकी( तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना कार्यान्वयनपछि लुम्बिनीको मुहार बदलिने दाबी गर्नुभयो । “ विकासका योजनामा राजनीति गर्न जरुरी छैन । सबैले सहकार्य गरौँ, यो आयोजनाले लुम्बिनीको कायापलट गर्छ ”, उहाँले भन्नुभयो । यो परियोजनाको गण्डकी प्रदेशले विरोध गरेको नभई हिस्सेदारी खोजेको बताउनुभयो ।

पानस फाउण्डेशनका अध्यक्ष डि आर घिमिरेले नागरिकको हितमा हुने कुनै पनि आयोजना सफल बनाउन सबैजना एकठाउँमा उभिनुपर्ने धारणा राख्दै साझा मुद्धामा अनावश्यक विरोध गर्नु उचित नहुने उल्लेख गर्नुभयो ।

नेकपा माओबादी केन्द्रका नेता रामप्रसाद बञ्जाडेले परियोजना हेर्दा राम्रो देखिए पनि भारत केन्द्रित भएको आशंका व्यक्त गर्दै यसको कार्यान्वयनका लागि गण्डकी प्रदेशका नागरिकको राय बुझनुपर्ने भनाइ राख्नुभयो ।

नेपाली कांग्रेसका नगर उपसभापति बिमलराज भट्टराईले टारीखेतमा सिँचाइको प्रवन्ध हुन नसक्दा खेती गर्न समस्या भएकाले कालीगण्डकी नदीको पानी २ किलोमिटर माथिसम्म पु¥याएर बाह्रै महिना खेति गर्न मिल्ने तरिकाले सिँचाइको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सम्मृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेले देशमा भएका प्राकृतिक स्रोत साधनको भरपूर प्रयोग हुन नसक्दा विकासले गति लिन नसकेको भन्दै खेत बाँझै रहने तर, पानी बगिरहने भइरहेकाले यस्ता परियोजनालाई सफल बनाउनु सबैको दायित्व भएको धारणा राख्नुभयो ।

कार्यक्रममा पर्यटनवीद् बल बहादुर आयार्यले परियोजना नयाँ भएका कारण प्रश्न उठ्नु स्वभाविक भएपनि यस क्षेत्रको कृषि पर्यटन र उर्जाको विकासका लागि ठूलो फाइदा पुग्ने बताउनुभयो ।

प्राध्यापक तथा लेखकहरु ऋषि आजाद, राजेन्द्रकुमार आचार्य, तिलक भुसाल, नुरजंग केसी, दामोदर घिमिरे, बल बहादुर पाण्डे, माधव पौडेल, कृष्ण रेग्मी लगायतले कालीगण्डकी डाइभर्सनले पार्ने दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर गण्डकी र लुम्बिनी प्रदेशबीच समन्वय गरी साझा परियोजनाको रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : शनिबार, साउन १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij