जयसिंहको सन्दर्भमा सरकार जस्तोसुकै अडान लिन पनि तयार छ : गृहमन्त्री

जयसिंहको सन्दर्भमा सरकार जस्तोसुकै अडान लिन पनि तयार छ : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले जयसिंह धामीको सन्दर्भमा नेपाल सरकार जस्तोसुकै अडान लिन पनि पछि नपर्ने बताएका छन् । सोमबार (आज)को राष्ट्रिय सभा बैठकमा भाग लिँदै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । सांसदहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री खाँणले भने, ‘अहिले छानबिन भइरहेको छ । जयसिंह धामीको अझैसम्म शव भेटिसकिएको छैन । यसो हुँदा उहाँ मृत नै हुनुहुन्छ भन्ने प्रमाणित हुन पनि सकेको छैन ।’

छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने गृहमन्त्री खाँणले बताए ।  ‘छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाइसकेपछि नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने नै छ,’ गृहमन्त्री खाँणले भने, ‘अहिले छानबिन भइरहेको अवस्थामा धारणा सार्वजनिक गर्ने कुरा पनि भएन ।’

सांसदहरुलाई ढुक्क रहन आग्रह गर्दै गृहमन्त्री खाँणले थपेका छन्, ‘नेपाल सरकार यो सन्दर्भमा कहीँकतै पछाडि हट्दैन ।’ यसअघि गत शुक्रबार जयसिंह धामी तुइनबाट महाकालीमा खसेका थिए । त्यस क्रममा एसएसबीले तुइन काट्दा धामी खोलामा कसेको बताइन्छ ।

यसपछि घटनासम्बन्धी छानबिनको लागि गृह सचिवको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । उता भारतीय प्रशासनले भने धामी बेपत्ता हुनुमा एसएसबीको संलग्नता नरहेको बताएको छ ।

प्रकाशित मिति : सोमबार, साउन १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij