लुम्बिनीमा बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठन गर्न माग

लुम्बिनीमा बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठन गर्न माग

बुटवल – प्रदेश प्रमुखसमक्ष लुम्बिनीमा बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठन गर्न माग गरिएको छ । विपक्षी दलका बहुमत सांसदहरूले सोमबार प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेरै संविधानको १६८(२) अनुसार सरकार गठन गर्न संसद् आह्वान गर्न माग गरेका हुन् ।

उनीहरूले मुख्यमन्त्री शंकर पोखरेलको सरकार संविधानको धारा १६८(१) बमोजिम गठन भए पनि सरकार संयुक्त रहेको र त्यो पनि अवैधानिक र अल्पमतमा परेकाले १६८(२) बमोजिम सरकार गठन प्रक्रिया सुरु गर्न माग गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले संविधान, मूल्य–मान्यता, विधिअनुसार सरकार गठन नभएकाले लुम्बिनी प्रदेशमा उपधारा–२ अनुसारको सरकार गठन गर्न प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् ।

कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले ज्ञापनपत्र बुझाउँदै प्रदेश सभामा कुनै पनि दलको बहुमत नरहेकाले अब उपधारा २ बमोजिम सरकार गठन प्रक्रिया थालनी गर्न माग गरेका छन् । उनले भने, ‘हामी बहुमत सदस्य तपाईँकै अगाडि छौँ । अल्पमतले शासन गरिरहने अवस्था छ । कानुनी राज्य स्थापनाका लागि प्रदेश प्रमुखबाट सकारात्मक भूमिकाको अपेक्षा हामीले गरेका छौँ ।’

उनले संसदमा कायम रहेको कुल सांसदको संख्या ८० रहेको भन्दै त्यसको बहुमत ४१ जनाको हस्ताक्षरसहित आफूहरु नयाँ सरकार गठन प्रक्रियामा सहभागी हुन तयार रहेको बताए । विपक्षीको माग पत्र सुनेपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधान, कानुन र सबै पक्षको राय परामर्शपछि आफू अघि बढ्ने प्रतिक्रिया दिए । उनले लुम्बिनी प्रदेश सरकारको संवैधानिताको विषयमा कुरा उठेकाले आफूले तत्काल त्यस विषयमा प्रष्ट पार्न मुख्यमन्त्री पोख्रेललाई आग्रह गरिसकेको बताए ।

उनले भने, ‘यो विषयमा प्रष्ट पार्न मुख्यमन्त्रीलाई भनेको छु, आजै आउँछु भन्नुभएको थियो, अझसम्म आउनु भएको छैन, उहाँको कुरा सुनेपछि कानुन व्यवसायी, राजनीतिक दल लगायतसँग छलफल पछि निश्कर्षमा पुग्छु ।’

लिखित निवेदनको पत्र 

 

 

प्रकाशित मिति : सोमबार, साउन १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij