४१ दलको दर्ता खारेज

४१ दलको दर्ता खारेज

काठमाडौं
वार्षिक आय व्यय विवरण नबुझाउने र कानून पालना नगर्ने ४१ वटा राजनीतिक दलको निर्वाचन आयोगले दर्ता खारेज गरेको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै चुरे भावर लगायतका ४१ वटा दलको दर्ता खारेज भएको जनाएको हो। चुरे भावर पार्टी संविधानसभामा सांसद र मन्त्री बनाएको पार्टी हो।

खारेज भएका राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूबाट ५० हजार रूपैयाँ जरिवाना भराउने निर्णय समेत आयोगले गरेको छ। जरिवाना नबुझाउनेहरुलाई सरकारी बाँकी सरह असुल उपर गर्न सम्बन्धित निकायमा लेखेर पठाइएको छ।

दर्ता खारेज भएका दलका पदाधिकारीहरु अब निर्वाचन आयोगमा दर्ता रहेका अरु पार्टीको पदाधिकारी र सदस्यसमेत बन्न नपाउने निर्णय आयोगले गरेको छ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूर एक पटक भन्दा बढी गरेमा वा दिएको आदेश एक वर्षभित्र पालना नगरेमा वा तोकिएको जरिवाना नबुझाएमा आयोगले त्यस्तो दलको दर्ता खारेज गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

 

प्रकाशित मिति : मंगलबार, साउन १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij