भूमिश्वरको प्रष्टोक्ति : विमलाजीलाई उहाँकै इच्छामा मुख्यमन्त्री निवास पुर्‍याएको हुँ

भूमिश्वरको प्रष्टोक्ति : विमलाजीलाई उहाँकै इच्छामा मुख्यमन्त्री निवास पुर्‍याएको हुँ

काठमाडौं – नेकपा एमाले लुम्बिनी प्रदेश सभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमलाकुमारी वलीलाई उनकै इच्छाअनुसार मुख्यमन्त्री शंकर पोखरेल निवास पुर्‍याएको प्रष्टोक्ति दिएका छन् । ढकालले वलीले बिहीबार (आज) ढकालले जबरजस्ती मुख्यमन्त्री निवास पुर्‍याएर बन्धक बनाएको विज्ञप्ति सार्वजनिक गरेपछि स्पष्टीकरण दिँदै भनेका छन्, ‘उहाँ (वली) लाई आफ्नो इच्छाबमोजिम मुख्यमन्त्री निवास पुर्‍याएको हुँ ।’

ढकालले वलीलाई मुख्यमन्त्रीको निवास पुर्‍याएको भने स्वीकार गरेका छन् । ‘हो मैले उहाँलाई पुर्‍याएको हुँ, तर बजरजस्त भने होइन,’ ढकालले  भनेका छन्, ‘उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिँड्नुभएको थियो । जबरजस्ती गरिएको होइन ।’ दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला वलीसँगै उनकी दिदी र भिनाजुको भाइ पनि सँगै गाडीमा रहेको ढकालले बताएका छन् ।

४ बजे पत्रकार सम्मेलन गर्दै
आफूमाथिको आरोपबारे जवाफ दिन ढकालले आजै ४ बजे पत्रकार सम्मेलन गर्दैछन् । ‘ममाथि उहाँले लगाउनुभएको आरोप निराधार हो,’ ढकालले भने, ‘अब ४ बजे पत्रकार सम्मेलन गर्दैछु । त्यहाँबाट सबै कुराको जावफ दिनेछु ।’

प्रकाशित मिति : बिहिबार, साउन २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij