रुपन्देही ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गते बुधवारका लागि बोलाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनको निर्देशनअनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बोलाएको हो ।
बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुनेछ । यस पटक लुम्बिनीमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव पास हुने विपक्षीहरूले दाबी गर्दै आएका छन् ।
आज मात्रै प्रदेश सभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको आरोप लगाउँदै आफू माओवादी केन्द्रमै रहेको बताउनुभएको थियो । वली माओवादीमा आएको घोषणा गरेसँगै लुम्बिनीमा विपक्षी बलियो अवस्थामा देखिएका छन् ।
८० सदस्य प्रदेश सभा कायम रहेकाले बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । एमालेसँग ३९ जना मात्रै सदस्य रहेका मुख्यमन्त्री शङ्कर पोखरेललाई बहुमत जुटाउन अझै दुई मतको कमी रहेको छ । विपक्षी गठबन्धनसँग भने बहुमत अर्थात् ४१ सदस्य नै रहेका छन् ।
प्रकाशित मिति : बिहिबार, साउन २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्