बुटवल
लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी वलीले आफूलाई नेकपा एमाले प्रमुख सचेतक भुमिश्वर ढकाल र नेता मानबहादुर राउतले जबरजस्ती बुटवल पुर्याएर मुख्यमन्त्री कार्यालयमा राखेको स्पष्ट पारेकी छन् । बिहीबार माओवादी संसदीय दलको कार्यालयमा मुख्यमन्त्री कार्यालयमा आफूलाई जबरजस्ती हस्ताक्षर गर्न लगाएर विज्ञप्ति जारी गरिएको उनले बताइन् । आफूलाई थप दुई वटा माइन्युटमा समेत हस्ताक्षर गर्न लगाइएको उनको भनाइ छ । मुख्यमन्त्री कार्यालयमा राखे आफूलाई एमाले बन्न दबाब र विभिन्न प्रलोभन दिएको समेत खुलाएकी छन् ।
नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका नेताहरूबाट एमाले पार्टीमा आउनु पन्यो भनेर बारम्बार दबाव आउन थाल्यो । मैले त्यसलाई निरन्तर ईन्कार गरिरहेँ, वलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, साउन १५ गते उपचारको लागि नेपालगंज हिड्न लागेको समयमा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर आउनुभयो। म बिरामी छु उपचारको लागि नेपालगन्ज जादैछु भन्दा उहाँहरूले हामी पनि नेपालगन्ज जाने हो, पुरार्याइँ दिन्छौं भन्नुभयो । विश्वास गरी गाडीमा बसेँ । गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरू खाना खानु भयो । गाडीमा बसियो तर गाडी नेपालगन्ज तिर जानु पर्नेमा एक्कासि बुटवलतिर मोडियो । मैले प्रतिवाद गरेँ । एक पटक मुख्यमन्त्रज्यूलाई भेट्नु पर्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्याइयो ।‘साउन २० गते दिउँसो सबै आराम गरीरहेका बेला शौचालयकै चप्पल लगाएर भाग्न सफल भएको उनले बताइन्। आफ्नो चप्पल लगाउँदा आवाज आउने र अरुले थाहा पाउने आशंकाले शौचालयकै चप्पल लगाएर मुख्यमन्त्री निवासबाट भागेको र सिधै माओवादी केन्द्रको संसदीय दलको कार्यालय पुगेको वलीले बताएकी छन्।वैशाख १९ गते नै पत्रकार सम्मेलन गरी मैले माओवादी केन्द्र रोजिसकेको जानकारी गराएकी थिए। अहिले फेरि पनि दोहोर्याएर भन्छु म माओवादी मै छु र रहनेछु’, विमलाले भनिन्।
प्रकाशित मिति : बिहिबार, साउन २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्