नेपाल महिला संघ रुपन्देहीद्धारा सांसद बिमलालाई बन्धक बनाइएको घटनामा गम्भिर ध्यानाकर्षण

नेपाल महिला संघ रुपन्देहीद्धारा सांसद बिमलालाई बन्धक बनाइएको घटनामा गम्भिर ध्यानाकर्षण

बुटवल

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको घटनामा नेपाल महिला संघ रुपन्देहीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष गंगा शाहीद्वारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमार्फत् दाेषिलाइ कानुनको दायरामा ल्याएर कारबाही  गरी पीडितलाई न्यायको अनुभुती प्रत्याभुति गराउनका लागि सरकारसंग जोडदार माग गरिएको छ ।

बिज्ञप्तीमा भनिएको छ -‘मुख्यमन्त्री स्वयंम सांसद अपहरण,धम्की र किनवेचको अपराधिक तरिका अपनाउदै सांसदलाई शरीर बन्धक अपहरणमा संलग्न भैरहेको त होईन भनी गम्भिर आशंका जन्माएको छ ।’

यसअघि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई घरबाट मुख्यमन्त्री निवासमा जबजस्ती ल्याएर बन्धक बनाएको घटनाको भर्त्सना गरिसकेका छन् ।

प्रकाशित मिति : शुक्रबार, साउन २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij