एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्‍यो

एमाले केन्द्रीय कमिटी बैठक एक दिन सर्‍यो

काठमाडौं : आजका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।

पार्टी एकताका लागि छलफल भइरहेका बेला एकपक्षीय रुपमा बैठक बोलाइएको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएपछि बैठक भोलि बस्ने गरी स्थगित भएको हो। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले एकतालाई ध्यानमा राखेर बैठक सारिएको बताए। माधव नेपाल पक्षले पार्टी एकताका लागि विभिन्न तहमा छलफल भइरहेका बेला केन्द्रीय कमिटी बैठक बसेर एक पक्षीय ढंगले कुनै पनि निर्णय गर्न नहुने भन्दै बैठक सार्न दबाब दिएको थियो।

नेपाल पक्षले भने बैठक सारिनु स्वागतयोग्य भए पनि एक दिनका लागि मात्रै सारिएको भन्दै असन्तुष्टि जनाएको छ। नेपाल पक्षीय नेता भीम आचार्यले केही दिन बैठक सारेर कार्यदलले तयार पारेको दश बुँदे सहमति कार्यान्वयनमा प्रतिबद्ध भएपछि पार्टी एकता कुनै टाढाको विषय नभएको बताए।

गत हप्ता बसेको अध्यक्ष केपी ओली निकट स्थायी कमिटी बैठकले आजका लागि केन्द्रीय कमिटी बैठक तय गरेको थियो। स्थायी कमिटी बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिने, सदस्यता नवीकरण गर्ने तथा पालिकास्तरको अधिवेशनको मिति तोक्नेलगायतका निर्णय गरेसँगै नेपाल पक्षले आपत्ति जनाएको थियो।
 

प्रकाशित मिति : आइतबार, साउन २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij