काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्ष नेताहरुले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् ।
सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले साझा न्यूनतम कार्यक्रम संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सत्तारुढ दलले साझा न्यूनतम कार्यक्रम बनाउन कार्यदल बनाएको थियो।
नीति तथा कार्यक्रम सत्तारुढ कार्यदलका संयोजक पूर्णबहादुर खड्काले वाचन गरेका छन् । मुख्य प्राथमिकता कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्ने रहेको खड्काले बताए ।
प्रदेश र स्थानीय तहलाई संविधान बमोजिम अधिकारसम्पन्न बनाउन पहल गर्ने, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्नेलगायतका विषय कार्यक्रममा समेटिएका छन् ।
प्रकाशित मिति : आइतबार, साउन २४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्