नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

काठमाण्डौँ ।
मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका प्रहरी निरीक्षकको मृत्यु भएको छ। नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए। हिनिरहेका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो।

वाग्ले काठमाडौं बसुन्धाराका हुन्। उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत थिए । वाग्लेलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले सोमबार बेलुकी ८ बजेतिर ठक्कर दिएको नवलपरासी प्रहरीले जनाएको छ ।

वाग्लेको उपचारको क्रममा सोमबार राति ११ बजे भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij