पाल्पा सिद्धबाबा हेडबक्सबाट स्कार्पियो तिनाउमा खस्यो,चार जना घाइते

पाल्पा सिद्धबाबा हेडबक्सबाट स्कार्पियो तिनाउमा खस्यो,चार जना घाइते

बुटवल – सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल – पाल्पा सडक खण्डबाट एक बोलेरो जीप तिनाउ नदिमा खसेको छ । सुख्खा पहिरोमा परी बा १८ च ७३३६ नम्बरको बोलेरो गाडी तिनाउँमा खसेको हो । मंगलबार विहान करिब १० बजे सिद्धबाबादेखि केहि अगाडि हेडबक्स नजिकबाट उक्त बलेरो तल नदी खसेको हो ।

पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको उक्त गाडीमा केहि यात्रु रहेको र प्रहरी घटना स्थलमा छ । प्रदेश ट्राफिक कार्यालय रुपन्देहीबाट डिएसपीको कमाण्डमा उद्दार गर्न सो स्थानमा पुगेको ट्राफिक कार्यालयले बताएको छ । सुख्खा पहिरोमा झरेको ढुंगाले गाडीलाई धकेलेर बाटोभन्दा झण्डै १५० मिटर तल नदीको सतहमा पुगेको हो । गाडीमा सवार ४ जनालाई घाईते अवस्थाबाट उद्दार गरिएको ट्राफिक प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।  फोटो : सुबोध रेग्मी 

प्रकाशित मिति : मंगलबार, साउन २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij