रुपन्देही
लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य मन्त्रालयबाट विदा हुनुभएको छ । मुख्मन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि मन्त्री आचार्यले पनि आज मन्त्रालय छोड्नुभएको हो ।
आज मन्त्रालयले राखेको विदाई कार्यक्रममा मन्त्री आचार्यले राजनीतिक पद कहिल्यै स्थायी नहुने भएकाले आउने जाने क्रम स्वभाविक भएको बताउनभयो । उहाँले राज्यको स्थायी अंग कर्मचारी भएकाले निस्वार्थ भावनाले सेवा गर्न आग्रह गर्दै मन्त्री पदमा नरहेपनि प्रदेश सभा सदस्यको हैसयतले मन्त्रालयका कामको निगरानी गर्ने उल्लेख गर्नुभयो । “म छँदासम्म मन्त्रालयको कामका विषयमा कसैले औँला ठड्याउने काम भएन । यो नै खुशीको कुरा हो”, उहाँले भन्नुभयो, “मन्त्रालयमा ढिलासुस्ती र अनियमितता भएन ।”
मन्त्री आचार्यले बजेट खर्चका हिसाबले पनि मन्त्रालयको प्रगति राम्रो रहेको बताउनुभयो ।“ अघिल्ले वर्ष पुँजीगततर्फ ३२ प्रतिशत बजेट खर्च भएकोमा यसवर्ष ४६ प्रतिशत बजेट खर्च गर्न सफल भएको बताउनुभयो । आगामी दिनमा मन्त्रालयले अहिले बनाएको कार्ययोजनामा टेकेर काम भए ७० प्रतिशत बढी खर्च हुने उहाँको विश्वास छ । “आगामी वर्षको नतिजा अझै राम्रो आउने गरी उच्च मनोबलका साथ काममा लाग्नुस्, म मन्त्री पदमा नरहेपछि मन्त्रालय र समग्र प्रदेशको समृद्धिका लागि सधै लागिरहने छु ।” मन्त्री आचार्यले सञ्चार क्षेत्रलाई बलियो बनाउन अक्षयकोष र विज्ञापन निर्देशिका बनाउने प्रकृया शुरु भएको भन्दै अगामी नेतृत्वले यसलाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“म आउनु अगाडि नै मन्त्री परिषदले पारीत गरेको सञ्चार विधेयकका विषयमा सञ्चार क्षेत्रका साथीहरुले कुरा उठाउनुभएको छ । त्यसलाई छलफलबाट टुंगो लगाउँला भनेको थिए तर, अब विधेयक बनाउने समयमा नेतृत्व लिएका मन्त्रीनै मुख्यमन्त्रीमा आउने भएपछि समस्या समाधानमा सहज होला भन्ने ठानेको छु ।” मन्त्री आचार्यले भन्नुभयो ।
मन्त्रालयका सचिव रविलाल पन्थले मन्त्री आचार्यको कार्यकाल तीन महिना भएपनि उपलब्धिमूलक रहेको बताउनुभयो । यसअघिको नेतृत्वले गर्न नसकेका सञ्चारकर्मी सम्मान, प्रदेश सुरक्षा समित बैठक, यातायात क्षेत्र सुधारका लागि कार्यदल गठन, सञ्चार क्षेत्रमैत्री बजेट निर्माण, लगायतका काम समेत मन्त्री आचार्यको सक्रियतामा भएको जानकारी गराउनुभयो । “मन्त्रीको आगमन बर्हिगमन राजनीतिक विषय हो तर, मन्त्रायलमा उहाँले खेलेको भूमिका सहननीय छ ।”
मन्त्री आचार्यले सरकारी आवास समेत छोड्नुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि जिम्मेवारी मुक्त भएका मन्त्री आचार्य आज विदाइ भएर मन्त्रालयबाट अटोरिक्सामा बाहिरिनुभएको थियो । उहाँले मन्त्री पदको हैसियतमा प्रयोग गर्दै आएका सबै सेवा तथा सुविधा फिर्ता गर्नुभएको छ । अर्घाखाँचीबाट प्रदेश सभामा निर्वाचित आचार्य मुख्यमन्त्रीमा पोखरेलको पुनर्नियुक्तिपछि आन्तरिक मामिला कानूनमन्त्री हुनुभएको थियो ।
प्रकाशित मिति : शुक्रबार, साउन २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्