कपिलवस्तु ।
रेडपाण्डाको छालासहित कपिलवस्तुमा तीन जना पक्राउ परेका छन् । प्रहरीले वाणगङ्गा नगरपालिका ४ सिद्धिपुरमा रहेको एक होटलबाट रेड पाण्डाको छाला, पुच्छरसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीले बताउनुभयो । उनीहरूको साथबाट रेडपाण्डाको दुई वटा छाला र पुच्छर बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीन जनालाई बरामद भएको छालासहित प्रहरीले डिभिजन वन कार्यालयमा उपस्थित गराएको छ । उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत मुद्दा चल्ने सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, साउन २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्