रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु‚ एक घाइते

रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु‚ एक घाइते

file photo

रोल्पा ।

एम्बुलेन्स दुर्घटना हुँदा रोल्पामा एकको मृत्यु भएको छ। स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ का ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। माडी–२ मा शनिबार बिहान ३ः५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए। भैरहवाबाट कोर्चाबाङ शव पुर्‍याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा दुर्घटना भएको हो। दुर्घटनामा एकजना घाइते भएका छन्। एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : शनिबार, साउन ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij