अनौपचारिक रुपमा अफगानिस्तान गएका नेपालीको खोजी हुँदैछ : परराष्ट्र मन्त्रालय

अनौपचारिक रुपमा अफगानिस्तान गएका नेपालीको खोजी हुँदैछ : परराष्ट्र मन्त्रालय

काठमाडौँ – सरकारले अफगानिस्तानमा १ हजार ४ सय जना मात्र नेपाली रहेको तथ्याङ्क सरकारसँग रहेको बताएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आइतबार भएको छलफलमा परराष्ट्र सचिव भरत पौडेलले अहिलेसम्म अफगानिस्तानमा १४ सय जना नेपाली रहेको जानकारीमात्र सरकारसँग भएको र त्यहाँ अरू नेपाली रहे/नरहेको बारे बुझ्ने प्रयास भइरहेको बताएका हुन् ।

अफगानिस्तानमा अनौपचारिक रुपमा काम गर्ने नेपालीहरूबारे नेपाल सरकारले बुझ्ने प्रयास गरिरहेको उनको भनाइ छ । सचिव पौडेलले अफगानिस्तानमा १४ हजार नेपाली सञ्चारमाध्यममा कार्यरत रहेको भन्ने विवरण आएको बारे नेपाल सरकारलाई जानकारी नभएको बताए ।

औपचारिक रुपमा गएका १४०० नेपालीहरू राजधानी काबुलमै रहेको र सबै सुरक्षित अवस्थामा रहेको पनि दाबी गरे ।

सचिव पौडेलका अनुसार परराष्ट्र मन्त्रालय र अफगानिस्तान पनि हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीलाई अनलाइनमार्फत दर्ता हुन आग्रह गरेका छन् ।

औपचारिक रुपमा रहेका अधिकांश नेपालीहरु त्यहाँका अन्तराष्ट्रिय नियोग र संस्थाहरुमा कार्यरत रहेको पनि सचिव पौडेलले बताए ।

प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij