पाल्पामा गाडी दुर्घटना हुँदा ११ घाइते, चारको अवस्था गम्भीर

पाल्पामा गाडी दुर्घटना हुँदा ११ घाइते, चारको अवस्था गम्भीर

पाल्पा : तानसेन नगरपालिका–७ सालघारीमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जसमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट तानसेन नगरपालिका–७ कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विङ्गर गाडी प्रभास–सराई भित्रि सडकखण्डअन्तर्गत सालघारीमा सोमबार बिहान पौने १० बजे दुर्घटना भएको हो।

घाइते हुनेमा तानसेन नगरपालिका–७ कुन्सरेका २९ वर्षीय नरबहादुर कुमाल, सोही ठाउँका २८ वर्षीय बिक्रम गैरे, ४३ वर्षीय प्रेमबहादुर बाकवल, ३२ वर्षीय हुमबहादुर सारु, ३३ वर्षीय बिक्रम नेपाली, २१ वर्षीय अर्जुन पल्ली, ३० वर्षीय सोमबहादुर न्यौपाने, २८ वर्षीय योगेश सारु, ३३ वर्षीय पवनकुमार गाहा, ३५ वर्षीय सन्तोष गैरे, र चालक तानसेन नगरपालिका–६ का ३३ वर्षीय सोम राना रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

उनका अनुसार नरबहादुर कुमाल, बिक्रम गैरे, प्रेमबहादुर बाकवल, हुमबहादुर सारुको अवस्था गम्भीर रहेको छ। घाइते सबैको तानसेनको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ। गाडी सडकभन्दा १५ मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij