दल दर्ता नगर्न र १० बुँदे कार्यान्वन गर्न आग्रह गर्ने

दल दर्ता नगर्न र १० बुँदे कार्यान्वन गर्न आग्रह गर्ने

काठमाडौं : नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकालेका छन्।

शुक्रबार महाराजगञ्जस्थित एक होटलमा भेला भएका उनीहरूले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरूलाई हल गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका हुन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरू लागि पर्ने बताए।

उनले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी विधेयकको बिरोध गर्ने आफूहरूको एजेण्डा रहेको जानकारी दिए। नेता विष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताए।

उनले भने,‘हामी लामो समयदेखि नेकपा एमालेभित्र देखापरेको असामान्य परिस्थिति समाधान गर्दै सबल र एकीकृत नेकपा एमालेका लागि प्रयत्नशील थियाैं, यसै सन्दर्भमा पार्टीमा देखा परेको समस्या समाधान गर्न एउटा कार्यदल निर्माण गरियो त्यो कार्यदलले पार्टी भित्रका समस्याका समाधानको सन्दर्भमा १० बुँदे सहमतिलाई अगाडि बढायौँ, तर यसका बाबजुद पनि पार्टी भित्र एकता सम्पन्न हुन सकेन।’

उनले एकताको कार्यलाई जारी राख्ने, दल विभाजन सम्बन्धी अध्यादेशको बिरोध गर्ने, १० बुँदे सहमतिलाई अक्षरश पालना गरेर एकतावद्ध गर्ने सन्दर्भमा मात्र माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन पार्टी अध्यक्ष ओलीलाई आग्रह गर्ने, नेपाललाई दल दर्ताबाट फिर्ता भएर पार्टी एकताका लागि भूमिका निर्वाह गर्न आग्रह गर्ने भेलाले निष्कर्ष निकालेको जानकारी दिए।

यसमा ओलीलाई लचकता भएर जान आग्रह गर्ने पनि पनि भेलाले निष्कर्ष निकालेको छ। यस्तै उपाध्यक्ष भीम रावलले भेलामा तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वन गर्न माग अघि सारेको बताए। उनले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य नहुने बताए।

प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij