काठमाडौं
नेकपा एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समाजवादको नेपाली मोडेल स्थापित गर्ने बताएका छन्।
निर्वाचन आयोगबाट नयाँ पार्टीको मान्यता पाइसकेपछि बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले आफूहरु पुरानो बाटो नपछ्याउने बताए।
ुजुन हिसाबको संस्कार, जुन किसिमको परिपाटी केपी ओलीले स्थापित गर्न खोज्नुभएको छ, त्योभन्दा नितान्त भिन्न हुनेछ। यो क्रान्तिकारी संस्कारयुक्त पार्टी हुनेछ, मार्क्सवाद र लेनिनवादप्रति समर्पित पार्टी हुनेछु, नेता नेपालले भने, ुजनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई आत्मसाथ गरेर अगाडी बढ्नेछ। समाजवादको नेपाली मोडेल कस्तो हुनेछ भन्ने सोच अघि सार्नेछ र समाजवादको यात्रामा दृढताका साथ निरन्तर अगाडि बढ्नेछ।ु
उनले यो पार्टी निजी स्वार्थका लागि लाग्ने व्यक्तिहरुको जमात नहुने पनि जिकिर गरे।
ुयो कुसंस्कारीहरुको झुण्ड हुने छैन, यो एउटा नेताको प्रशंसामा जम्मा भएको भजनमण्डली पनि हुनेछैनु, उनले थपे ुयहाँ कसैका फोटाहरु पनि प्रदर्शन गरिने छैन। फोटाका सामु आरती उतार्ने काम कसैले गर्नेछैन।ु
प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्