नवलपरासीमा बाढीले बगाउँदा २ जनाको मृत्यु

नवलपरासीमा बाढीले बगाउँदा २ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको ज्यान गएको छ ।

बाढीले बगाएर एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृत्यु हुनेमा रामग्राम नगरपालिका–१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका छन् ।

सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएको बताइएको छ । उनीहरूको शव केही तल खेतमा फेला परेको थियो । तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

डुबानका कारण परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij