कञ्चन
२ दिन देखि लगातार परेको बर्षाका कारण रुपन्देहीको कञ्चन गाउपालिकाका करिब सय भन्दा बढी घरका ५ सय बढी जना अति प्रभाबित भएका छन भने २५ घर परिवार उच्च जोखिममा रहेका छन।
घर भित्र बाढी पसे पछि जोखिममा परेका बाढी पिडितहरुलाई स्थानिय जनप्रतिनीधि, इलाका प्रहरी कार्यलय,रुद्रपुर,सशस्त्र प्रहरी बल,लोण्डिहवा बेसक्याम्प र स्थानियहरुले उद्धार तथा घटनास्थलको अवलोकन गरि पिडितहरुलाई सान्तवना दिएका थिए ।
४८ घण्टा भन्दा बढी समयसम्म निरन्तर बर्षा परेका कारण रुपन्देही र कपिलबस्तुको सिमा नदी कोठी नदीमा बाढी आएपछि कञ्चनको वडा नं। ५ स्थित योगीकुटी,कञ्चन ३ को झारगैरा स्थित मलावरदेबी र घोलपारीका बस्तीमा रहेका १० जनाको घर परिवारलाई बिस्थापित गरेको छ। बिस्थापित हुनेहरुमा कञ्चन ५ योगीकुटीका सुमित्रा अधिकारी र भक्त बहादुर थापा, कञ्चन ३ का शंकर प्रसाद रिजाल,रिषीराम रिजाल,धर्मराज शर्मा,मेघराज शर्मा,लक्ष्मी प्रसाद आचार्यको परिवार रहेका छन। यसैगरी कञ्चन ४ का बिन्दु बलामी,रिनाकली राना,जीवन रजालीको घर भत्केर बिस्थापित भएको जैसीखर्क टोल बिकास संस्थाका अध्यक्ष चन्द्र बहादुर क्षेत्रीले जानकारी दिनु भएको छ।
यस्तै कञ्चन ४ स्थित जप्तीका तारा बेलबासे,गोमा कुमारी पौडेल,मनमाया पुन,टिकाराम न्यौपाने,श्याम बहादुर थापा र पार्वती गौतम बेलडाडाका कृष्ण दर्लामी,रुपनी थारु,दियोका देबी पुन,गणेश थापाको घर भित्र बाढी पसेर घर भत्केपछि बिस्थापित भएको कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य गिता थापाले जानकारी दिनु भएको छ। यस्तै प्रगतीटोलका सिंहलाल दमाई,रमेश बलामी,बसन्ती दमाई,कर्ण बहादुर दमाई,समुन्द्र राना,धन बहादुर दमाईको घर पुर्ण रुपमा भत्केर निजहरुका परिवार बिस्थापित भइ छिमेकीहरुको घरमा शरण लिइरहेको प्रगती टोल बिकास संस्थाका अध्यक्ष कमला श्रीसले जानकारी दिनु भएको छ।
यसैगरी बाढीका कारण कञ्चन २ को गोफलापुरमा ३ जनाको घर भत्किएर बिस्थापित भएको कार्यपालिका सदस्य रेनु कुवंरले जानकारी दिनु भएको थियो भने कञ्चन १ को बकुलघाढका देव बहादुर थापा मगर,दधिराम आचार्य, नारायण पाध्या,लक्षुमन थापा,कुमार थापाको घरमा बाढी पसेका कारण घरभित्र रहेका खाध्यान्न,लत्ता कपडा, भिजाएको वडा अधयक्ष हरि नारायण थारुले जानकारी दिनु भयो। यस्तै वडा नं। १ कै डेलार टोलका निम बहादुर बुढाथोकीको कुखुराको खोर भित्र बाढी पसेर खोर भित्र रहेका २ देखि ३ किलोका ९६ वटा कुखुराहरु मरेको वडा अध्यक्ष थारुले जानकारी दिनु भयो ।
गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, वडा नं। ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने, वडा नं। ५ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी,वडा नं। ४ का कार्यबाहक अध्यक्ष केशर बहादुर खत्री,कार्यपालिका सदस्यहरु गिता थापा,गोपाल बि।क।,रेनु कुंवर, वडा नं। १ का वडा अध्यक्ष हरि नारयाण थारु लगायत जनप्रतिनीधिहले बाढी प्रभावित क्षेत्रहरुको अवलोकन गरी उद्धार तथा राहत उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
घरभित्र बाढी पसेर कञ्चन ३ का राधा जिसी, लोक कुमारी घिमिरे, मनकुमारी थापा, पुर्ण जिसी, कमल थापा क्षेत्री, कञ्चन ४ का टिकाराम नयौपाने, कमल न्यौपाने, बिनोद दर्जी, लक्षमण दर्जी, माया राना, गन बहादुर थापा, बुद्धिराम बेलदार, प्रकाश क्षेत्री, मञ्जु दर्जी, देबी दर्जी, लक्ष्मी दर्जी, तुल बहादुर कामी, दुर्गा बहादुर बुढाथोकी, लाल बहादुर गथन्धर्व, दान बहादुर थापा, ओम बहादुर गन्धर्व, केशव गन्धर्व, कुमारी गन्धर्व, तारा बहादुर गन्धर्व, साबित्री पराजुली, शिवलाल दर्जी, बवि दर्जी, गिता गार्खाली, राम बहादुर गोर्खाली,दुपर्ती पाठक, कुल बहादुर सिंजाली, अर्जुन बि।क। लगायत करिब सय घर परिवारका ५ सय जना जोखिममा परेका छन ।उनिहरु गत बिहिवार राती देखि छिमेकीहरुको घरमा आश्रय लिइरहेको टोल बिकास संस्थाका अध्यक्ष तथा जनप्रतिनीधिहरुले जानकारी दिएका छन।
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका पदाधिकारीहरुले बाढी प्रभाति स्थलहरुको अवलोकन गरेका थिए। घटनास्थलको अवालोकन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बाढी प्रभावित घरपरिवारहरुलाई तत्काल आपतकालिन राहत स्वरुप खाध्यान्न र घर बगाएका परिवारहरुको लागि आपतकालिन घरको समेत व्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्