बुटवलको ज्योतिनगरमा लगातार पहिरोः ७ घर पुरिए

बुटवलको ज्योतिनगरमा लगातार पहिरोः ७ घर पुरिए

बुटवल- अबिरल वर्षसंगै खसेको पहिरो र पहिरोसँगै बगेको लेदोले  बुटवलमा ७ वटा घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ७ घर पुरिनुका साथै ५० भन्दा बढी घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पहिरोबाट मानवीय क्षति भने अहिलेसम्म भएको छैन । वर्षासँगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित छन् । यस क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको छ । आइतबार पनि पहिरोले एक दर्जन बढी घरमा क्षति पु¥याएको थियो ।

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् । बिस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । आईतबार बिहानबाटै नेपाली सेना, शसस्त्र र नेपाल प्रहरी सँगै स्थानिय यूवाहरु उद्दारमा खटिरहेका छन् ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पु¥याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ । २०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिमा पहिरो खस्दा ५० भन्दा बढी घर बिस्थापित भएका थिए ।

ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ । ज्योतिनगरबाट आएको लेदोसहितको पहिरो बुटवलको अस्पताललाइनसम्म आएको छ । पहिरोको जोखिम बढिरहेकाले स्थानीय सामान लिएर सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ।

उक्त ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो।

प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij