मोटर बस्तुगत समितिद्वारा अपाङ्ग आश्रममा नगद सहित खाद्यान्न सहयोग

मोटर बस्तुगत समितिद्वारा अपाङ्ग आश्रममा नगद सहित खाद्यान्न सहयोग

 

बुटवल उद्योग बाणिज्य संघ रुपन्देही अन्तरगत गठित मोटर बस्तुगत समितिले अनाथ आश्रममा खाद्यान्न सहित नगद सहयोग गरेको छ । समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै मंगलबार बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा चामल, दाल, तेल, आलु लगायतका खाद्यान्न सहित नगद ५ हजार रुपैंया सहयोग गरेको हो ।

आश्रममा आयोजित कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, मोटर बस्तुगत समितिका सभापति लक्ष्मण ज्ञवाली, कार्यक्रम संयोजक भोला सिंह कबिरले आश्रमका अध्यक्ष डोरबहादुर रामदामलाई उक्त खाद्यान्न सहित नगद हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा संघका अध्यक्ष कसजूले संघ अन्तरगत गठित बस्तुगत समितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अपाङ्गता भएका व्यक्तिहरुलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले संघमा २९ वटा बस्तुगत समिति रहेको र सबै बस्तुगत समितिले केही न केही सामाजिक काम गरिरहेको बताउँदै आवश्यक ठाउँमा संघबाट पनि सहयोग भईरहेको जानकारी गराउनु भयो ।

मोटर बस्तुगत समितिका सभापति ज्ञवालीले विपन्न तथा अपाङ्गता भएकाहरुलाई केही राहत पुगोस भरेर थोरै भएपनि जति सकिन्छ सहयोग गरिएको बताउनु भयो । उहाँले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

खाद्यान्न तथा नगद ग्रहण गर्दै आश्रमका अध्यक्ष रामदामले आश्रममा परिवार बिहिन विपन्न व्यक्तिहरुले आश्रय लिईरहेको बताउनु भयो । यस्तै सहयोगी हातहरुबाट उनीहरुको दैनिक गुजारा चलाईरहेको र अर्थोपार्जनको खोजी गरिएको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभयो । बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्यहरु प्रतिक पोखरेल, संजय कलवार जयसवाल लगायत मोटर बस्तुगत समितिका पदाधिकारी सदस्यहरु सहभागि उक्त कार्यक्रममा संयोजक भोला सिंह, विष्णु श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो ।

प्रकाशित मिति : मंगलबार, भाद्र १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij