लुम्बिनीका १३ वटा मन्त्रालयमा हेरफेर तथा कार्य विभाजन

लुम्बिनीका १३ वटा मन्त्रालयमा हेरफेर तथा कार्य विभाजन

बुटवल ।

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । पछिल्लो पटक प्रदेश प्रमुख अमिक शेरचनले गरेको हेरफेर तथा कार्यविभाजन अनुसार प्रदेशमा १३ वटा मन्त्राय हुनेछन् ।

तीमध्ये पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालयमा डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्रालयमा कृष्णध्वज खड्का, भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहस्रराम यादव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अजय शाहीले सम्हाल्ने छन् ।

त्यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कानून, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय मुख्यमन्त्री कुलप्रसााद केसी आफैले राखेका छन् । मन्त्री सुमन शर्मा रायमाझी र पुर्मती ढेंगालाई अझै विनाविभागीय राखिएको छ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij