बुटवल
विवान फार्मेसी बुटवल र रोटरी क्लब अफ बुटवल चौतारीको संयुक्त आयोजनामा बुटवलमा एक दिने नि :शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार सम्पन्न शिविरमा २ सय बढी बिरामीले लाभ लिएको फार्मेसीका प्रबन्ध निर्देशक दीपक ढकालले बताए । कोरोना महामारी बीच अस्पताल गई स्वास्थ्य जांच गराउन डराएका मानिसले नजिकैको स्वास्थ्य संस्थामा नि ः शुल्क रुमा जांच गराई स्वास्थ्य लाभ गर्न सकुन् भन्ने उद्धेश्यले कार्यक्रम गरिएको उनले बताए ।
शिविरमा मधुमेह, उच्च रक्तचाप जांच संगै किड्नी, बालबालीका तथा रुघाखोक र ज्वरोका बिरामीका लागि चिकित्सककै सहभागितामा नि ःशुल्क औषधी समेत वितरण गरिएको रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष सुरज क्षेत्रीले बताए । उनले सामाजिक कार्यमा अग्रसर रहेको आफ्नो संस्थाले यसअघि मास्क अभियान सुरु गरी अहिले पनि निरन्तर मास्क वितरण गरिरहेको जनाए ।
शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा नरेन्द्र प्रसाद यादव, देवदह मेडिकल कलेजका एम एस अर्थोपेडिक डा. सुन्दर कार्की, आयुर्वेद विशेषज्ञ डा. डि. के धिताल, दन्त रोग विशेषज्ञ डा. सुशिल पोख्रेल, मेडिकल अफिसरहरु डा. एन के अर्याल, डा. रविन्द्र अग्रहरि, डा. रोहित श्रेष्ठ, डा. रिसब सुवेदी लगायतले बिरामीको परिक्षण गरेका थिए । साथै औषधीको उचित प्रयोग र परामर्श बारे फार्मासिस्ट सुभेन्द्र प्रसाद यादव सहितको समुहले सहजीकरण गरेको थियो ।
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्