बुटवलका लायन्स क्लवद्धारा आम्दा अस्पतालाई फोहोर नष्ट गर्ने उपकराण सहयोग

बुटवलका लायन्स क्लवद्धारा आम्दा अस्पतालाई फोहोर नष्ट गर्ने उपकराण सहयोग

बुटवल

रुपन्देही जिल्लाको बुटवलमा अवस्थित सिदार्थ महिला तथा बाल अस्पताल(आम्दा) मा फोहोरको उचित व्यवस्थापनका लागि जोन १०५ अन्र्तगतका लायन्स क्लवले फोहोर नष्ट गर्ने उपकरण(इन्सिनेटर) सहयोग गरेका छन् । । लायन्स क्लव अफ बुटवल सयपत्री,लायन्स क्लब अफ बुटवल मखमली र लायन्स क्लव अफ बुटवल ज्योती गरि तिन क्लवहरुको संयुक्त सहकार्यमा, कार्यक्रमका अध्यक्ष लायन्स क्लव अफ बुटवल सयपत्रीका पूर्व अध्यक्ष एवं जोन चियरप्रसन कल्पना सिवाकोटीको संयोजन तथा पहलमा फोहोर नष्ट गर्ने उपकरण(इन्सिनेटर) परियोजना सम्पन्न गरि शनिबार बुटवलमा आयोजना गरिएको उपकरण हस्तान्तरण कार्यक्रमा अस्पताललाई उक्त उपकरण उपलब्ध गराईएको हो । कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक गर्भनर राम प्रसाद भट्टले उद्घाटन गरि उक्त उपकरण सिदार्थ महिला तथा बाल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र बस्याललाई हस्तान्तरण गर्नुभएको हो । उपकरण ग्रहण गर्दै अस्पतालका प्रमुख राजेन्द्र बस्यालले आजकै दिनदेखि उपकरण संचालनमा ल्याइने र यसको मर्मत तथा व्यवस्थापनमा अस्पताल स्वयमले गर्ने प्रतिबद्धता जनाउदै सहयोगी संस्थालाई धन्यवाद दिनुभयो ।
कार्यममा बालरोग विशेषज्ञ डाक्टर सन्तोष पोख्रेलले लायन्स क्लव अफ बुटवल सयपत्रीले सन २०१७ देखि संचालन गर्दै आएको हस्ताक्षर परियोजना टाईप १ डायबिटीज विरामिको उपचारका लागि रु २५ हजार सहयोग गर्नुभएको छ भने जोन चियर प्रसन कल्पना सिबाकोटीले सिरिन्ज व्यवस्थापनका लागि फ्रिज उपलब्ध गराउनु भएको थियो । यस्तै सोही अवसरमा लायन्स क्लव आफ बुटवल मखमलिका अध्यक्ष तारा देबकोटाले थालेसेमियाका विरामीका लागी २५ हजार र लायन्स क्लव अफ बुटवल ज्योतीका संस्थापक अध्यक्ष कल्पना नेपाल र बर्तमान अध्यक्ष सरिता थापाले पिडियाटिक क्यान्सर बिरामीका लागि २५ हजार नगद सहित क्लवबको हस्ताक्षर परियोजनाको सुरुवात समेत गरेका छन् ।
हानिकारक तथा प्रशोधन हुन नसकेका फोहोरलाई उच्च तापको प्रयोगबाट नष्ट गर्ने उक्त उपकरण निर्माणमा १५ लाख लागत खर्च लागेको जोन चियरप्रसन शिवाकोटीले बताउनु भयो । उपकरण निर्माणमा आवश्यक सम्पूर्ण प्राविधिक सहयोग जर्मनमा इन्जिनियरिङ्ग पढ्दै गरेका विद्यार्थीहरुबाट संचालित गैरनाफामुखी संस्था टेक्नोलोजी विथआउट बोडर्सको एक समुहले सहयोग गरेको आयोजकले बताएको छ ।
लायन्स क्लव अफ बुटवल सयपत्रिका पूर्व अध्यक्ष एवं जोन चियरप्रसन कल्पना शिबाकोटीको अध्यक्षता तथा स्वागत ,लायन्स क्लव अफ बुटवल सयपत्रिका अध्यक्ष राधा क्षेष्ठको धन्यवाद एवं लायन्स क्लव अफ बुटवल मखमलिका अध्यक्ष तारा देबकोटाको संचालनमा सम्पन्न उपकरण हस्तान्तरण कार्यक्रममा लायन्स क्लव अफ बुटवल ज्योतीका अध्यक्ष सरीता थापा, लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ नेपालका पदाधिकारी,३ वटै क्लवका पदाधिकारी,सदस्य,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij