राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण सुरु

राष्ट्रिय जनगणना अन्तर्गत घरपरिवारको सूचीकरण सुरु

काठमाडौँ – आजबाट १२ औं राष्ट्रिय जनगणना शुरु भएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत आजबाट घर तथा घरपरिवारको सूचीकरण शुरुआत भएको हो ।

केन्द्रीय तथ्यांक विभागका निर्देशक एवम् सूचना अधिकारी तीर्थ चौलागाईंका अनुसार सूचीकरणका लागि देशभरमा ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् । विभागले नयाँ तालिका सार्वजनिक गरेलगत्तै सुपरिवेक्षकलाई तालिम दिएर खटाउने तयारी गरेको हो । सूचीकरण कार्यमा घरपरिवारमा अक्सर बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्यासमेत विवरण भरिनेछ ।

उनका अनुसार देशभरिका ७७ जिल्लामा एकसाथ घर तथा घरपरिवारको सूचीकरण हुनेछ । घरपरिवारको बैंक खाता रहे/नरहेको, ऋणमा पहुँच, व्यावसायिक तालिम लिए/नलिएको विवरण पनि लिइनेछ । व्यक्तिगत घरको प्रकार, घरको संख्या, तला र घरको प्रयोजन खुलाइनुका साथै प्रत्येक घर परिवारले पालेका पशु र पन्छीको संख्यासमेत उतारिनेछ ।

त्यसैगरी, सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, व्यावसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, वित्तीय संस्था, उद्योग, कलकारखानाको समेत विवरण लिइनेछ । सूचीकरण कार्य असोज १८ गतेभित्र सकिने विभागले जनाएको छ । निर्धारित तालिकाअनुसार मूल जनगणना कात्तिक २५ गतेबाट मंसिर ९ गते सम्पन्न हुनेछ ।

प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij