१६ हजार नमुना परीक्षण गर्दा १७ सय कोभिड संक्रमित थपिए, सातजनाको मृत्यु

१६ हजार नमुना परीक्षण गर्दा १७ सय कोभिड संक्रमित थपिए, सातजनाको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा मुलुकमा १७६० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् । कूल १६ हजार ८४४ नमुना परीक्षण १२ हजार ५२४ पीसीआर र ४३२० एन्टीजेन गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार १२२० जना निको भएका छन् भने ७ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार ४९५ जना संक्रमित थपिएका छन् ।
सक्रिय संक्रमित संख्या २६ हजार ३०३ छ । आजको पजेटिभिटी दर १०.६ प्रतिशत छ । ११ जिल्लामा सक्रिय संक्रमण ५०० भन्दा माथि छ ।
६० लाख ४ हजार १९ ले पहिलो डोज खोप लगाएका छन् । ५४ लाखले पूर्ण मात्रा लगाएका छन् । कूल खोप लगाउने संख्या १ करोड १४ लाख मात्रा रहेको छ । आजसम्म नेपालका कोरोना संक्रमणको कारण १० हजार ९९१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij