रुपन्देही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर समाज सेवा केन्द्र बनाएर नागरिकको सेवामा एमाले जाने अध्यक्ष बताएका छन। ‘कसैसँग सहयोग गर भनेर जाँदैनौ तर हाम्रो काम देखेर कसैले सहयोग गर्दछ भने अस्वीकार गर्दैनौँ,’ उजले भने।नेकपा एमाले रुपन्देहीले आज बुधवार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड गुटमात्रै अलग भएको बताएका छन । माओवादी केन्द्रका मुख्य नेताहरू एमाले मै रहेको भन्दै उनले माधव नेपालको बुद्धिमा लागेर प्रचण्डले आफनो नेतृत्वको सरकार ढालेको आरोप लगाए ।
पूर्वप्रधानमन्त्री ओलीले विकास विरोधी तत्त्वले आफनो सरकारलाई विस्थापित गरेको बताए।कम्युनिस्ट पार्टीका नाममा प्रधानमन्त्री बन्ने मौका पाएका झलनाथ खनाल, माधव नेपाल, प्रचण्डले विकास गर्न नसकेको उनले आरोप लगाए। ‘उनीहरूले गरेनन्, मैले काम गर्छु भन्दा दिएनन्’, ओलीले भने ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडलले प्रचण्ड र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरे पौडेल माधव नेपालप्रति आक्रामकरूपमा प्रस्तुत भएका थिए । उनले नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सीधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन सुझाव दिए । पौडेलले एमाले विभाजनको प्रयास असफल भएको भन्दै माधव नेपाल लगायतका केही स्वार्थी र महत्वाकांक्षी व्यक्तिहरू कांग्रेसतिर लागेको आरोप लगाए । उनले रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गरे ।
पौडेलले छिट्टै मुलुक चुनावमा जान लागेको भन्दै एमाले आफ्नो हैसियतसहित सत्तामा आउने बताए । केही समय आफ्नै पार्टीभित्रका स्वार्थीहरूका कारण प्रतिपक्षमा बस्नु परे पनि एमालेले आफ्नो हैसियत देखाउने दावी गरे । तत्कालीन नेकपाका महासचिव पौडेलले प्रचण्डमाधवले आफ्नो सरकार ढाल्न र पार्टी फुटाउन अध्यक्ष केपी ओली र आफूसहितलाई साधारण सदस्यबाट निष्कासन गरेको सम्झिदै कब्जा गर्न नसकेपछि कांग्रेसको पछि लाग्न तयार भएको बताए ।
अर्का उपमहासचिव घनश्याम भुसालले एमाले भाँडिएको भन्दै समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताए।। ‘गल्ती गर्नेहरू सबैले समीक्षा गरौँ यो कुरा माधव नेपालमा पनि लागू हुन्छ’, उपमहासचिव भुसालले भने । उनले एमालेलाई कमजोर बनाउने र उत्ताउलो बन्ने छुट नभएको बताए।
नेता टोपबहादुर रायमाझीले असफल नेताहरूले एमालेलाई घेराबन्दीमा राख्ने प्रयास गरे पनि त्यसलाई चिर्दै अगाडि बढ्न सक्षम रहेको बताए।
प्रकाशित मिति : बुधबार, भाद्र ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्