बुटवलका मेयर सुवेदीमाथि मुक्का प्रहार

बुटवलका मेयर सुवेदीमाथि मुक्का प्रहार

काठमाडौँ – रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का प्रहार भएको छ । मेयर सुवेदीमाथि स्थानीय एक पहिरो पीडितले मुक्का प्रहार गरेका हुन् । पहिरो अवलोकनका लागि गएका सुवेदीलाई स्थानीय एक युवकले मुक्का प्रहार गरेका हुन् ।

मेयरले बिनाकारण आफूमाथि मुक्का प्रहार गरेको बताएका छन् । ‘म अवलोकनका लागि गएको बेलामा बिनाकारण मुक्का प्रहार गर्यो,’ मेयर सुवेदीले भने, ‘मैले समस्याको सम्बोधन सधैं गरिरहेका छु ।’ केही दिनअघि वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए ।

प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थपनाका लागि ध्यान नदिएको भन्दै आक्रोशित युवा गणेश पंगेनीले मेयरमाथि मुक्का प्रहार गरेका हुन् ।  प्रभावित क्षेत्रको अवलोकन गरिरहेका मेयरलाई पंगेनीले मुक्का प्रहार गरेपछि सुरक्षाकर्मीले बचाएका थिए ।

प्रकाशित मिति : सोमबार, असोज ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij