काठमाडौं- नेपाली चलचित्रकी स्टार अभिनेत्री साम्रागी राज्य लक्ष्मी शाह नयाँ कलाकार देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग देखिने भएकी छन् । म्यूजिक भिडियोमा कमै देखिने अभिनेत्री शाह निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसंग स्क्रिन सेयर गर्ने भएकी हुन । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्यूजिक भिडियोलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शव्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ । गीतमा कोरियोग्राफी माईकल चन्दको रहेको छ । गीतको भिडियोको छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । भिडियोलाई ट्री इन्टटेन्मेन्टको अफिसियल यु—ट्युब च्यानल मार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । शाह र निर्माण पक्षबीच भएको सम्झाता पश्चात छोटो प्रतिक्रिया दिदै अभिनेत्री शाहले गीत र म्यूजिक भिडियोमा प्रयोग गरिने नयाँ पन मन परेको बताएकि छन् ।
प्रकाशित मिति : शुक्रबार, असोज ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्