चार्टर्ड एकाउन्टेन्ट्स संघमा संशोधित विधानको बारेमा साक्षरता

चार्टर्ड एकाउन्टेन्ट्स संघमा संशोधित विधानको बारेमा साक्षरता

 

बुटवल।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीले छैठौं संशोधित विधानका संरचनागत परिवर्तन र व्यबस्थामा भएका परिवर्तनको बारेमा साक्षरता कार्यक्रम गरेको छ ।

आईतबार बुटवलमा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले विधानमा भएको संशोधनको विषयमा प्रकाश पार्नुभएको थियो । त्यस अवसरमा उहाँले संघले काठमाण्डौमा निर्माण गर्न लागेको बहुउद्देश्यीय भवनको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देही शाखाका अध्यक्ष सिए छविलाल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखा परीक्षकको नियामक संस्था नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था रुपन्देही संयोजक सिए शिवहरी शर्मा, सदस्य सिए हरि लम्साल, सिए राजु कार्की, सगुन खनाल लगायतको सहभागिता रहेको थियो ।

त्यसै अवसरमा पञ्चकन्या ग्रुपमा कार्यरत सिए सगुन खनाल उक्त ग्रुपको ‘वेष्ट ईम्प्लोई अफ द ईयर’ बाट पुरस्कृत भएकोमा संघले सम्मान गरेको थियो ।

कार्यक्रममा संघका संस्थापक संयोजक सिए प्रेम भुर्तेल, सिए सुमन पाण्डे, सिए योगेन्द्र बास्तोला, सिए शंकर अर्याल लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रम संघका सचिव सिए प्रदिप भट्टराईको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : आइतबार, असोज १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij