बुटवल । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा आज(बुधबार)बिहान जीप दुर्घटना हुंदा दुई जना घाईते भएका छन् । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ च ४३२६ नम्बरको बलेरो जीप पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित पानी मिल नजिकै बिहान ७ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–२, बस्ने २८ वर्षीय ज्ञानबहादुर दर्लामी (चालक) र सोही स्थानका २२ वर्षीय रोहित सिंजाली घाईते भएका दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक विष्णुबहादुर कुँवरले जानकारी दिनुभयो । घाइते दुबैजनाको उद्दार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, असोज १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्