मन्त्री छान्न माओवादी र जसपाको बैठक बस्दै

मन्त्री छान्न माओवादी र जसपाको बैठक बस्दै

काठमाडौं – सत्ता गठबन्धनका दलहरु आ(आफ्नो पार्टीबाट सरकारबाट पठाउने मन्त्रीहरु छनोटमा व्यस्त भएका छन् ।

मंगलबार बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डामा सहमति भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मन्त्री छनोटमा व्यस्त भएका हुन् ।

 

मन्त्री छनोटलाई औपचारिकता दिन नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो १ बजे बस्दै छ । यसअघि नै माओवादीले अध्यक्ष प्रचण्डलाई मन्त्री छान्ने जिम्मा दिएको थियो ।

यस्तै जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बस्दै छ । केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजे बस्ने बैठकमा मन्त्री छनोटबारे छलफल हुने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

सत्ता गठबन्धनको मंगलबारको बैठकमा कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्य मन्त्री, नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री तथा जसपाले चार मन्त्री पाउने सहमति भएको थियो ।

सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको थिएन ।

गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपछि गठबन्धनभित्रैबाट देउवाको आलोचना भइरहेको छ ।

सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा। नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक जनालाई पनि सरकारमा पठाएका छैनन् ।

यसैगरी सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् ।

 

प्रकाशित मिति : बुधबार, असोज २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij