जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण

जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री वितरण

 

कपिलवस्तु –कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जैद बिन सावित मदरसामा युनिसेफ द्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थी हरूलाई वितरण गरिएको छ l नाजिम समिम अहमद खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा कृष्णनगर नगरपालिका शिक्षा शाखा प्रमुख बलराम पन्थी अतिथि हरूमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्की, सदस्य जाहिर आजाद, मौलाना असलम मदनी, झण्डानगरी रहनुभयो l कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष ले मदरसाको सवालमा मदरसा बोर्ड गम्भीर रहेको बताउदै शैक्षिक सामाग्री ले विद्यार्थीको शैक्षिक विकासमा मद्त गर्ने बताए l कार्यक्रम मा बोल्दै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी शैक्षिक सामाग्री प्रदान गरेको युनिसेफ लाई धन्यवाद दिदै विद्यार्थी हरू पढाईका साथ सथै व्यक्तिगत तथा वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु पर्ने बताए l कार्यक्रममा बोल्दै नाजिम समिम अहमद खां ले विद्यार्थीको शैक्षिक विकासमा आफूहरूबाट हुने सहयोग रहने बताउदै शैक्षिक सामाग्री विद्यार्थीका लागि आवस्यक रहेको बताए l जैद बिन सावित मदरसा का प्रधानाध्यापक तारिक रियाज, डा. सहिद अहमदअसरी, अब्दुल नूर सिराजी, मौलाना फज्लेहक मदनी, इरफान नौमानी,अब्दुल हसिफ, मौलाना अब्दुल रसिद मदनी लगायतको कार्यक्रममा उपस्थित रहेको थियोl

प्रकाशित मिति : बिहिबार, असोज २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij