काठमाडौं – नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार नियुक्त भएका १६ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । सरकारको नेतृत्व सम्हालेको ८८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
आजै नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए । देउवाले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादवलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

प्रकाशित मिति : शुक्रबार, असोज २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्