काठमाण्डौ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण नेताहरु छुटेको बताउनुभएको छ ।
बालुवाटारमा भएको विश्वेश्वरप्रसाद कोइराला शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले हिजो मन्त्रिपरिषद्लाई सङ्ख्यात्मक हिसाबले पूर्णता दिए पनि केही महत्त्वपूर्ण व्यक्ति छुटेको बताउनुभयो ।
केही राम्रा व्यक्तिलाई सरकारमा समेट्न नसेकेकामा दुस्ख लागेको देउवाको भनाइ छ । ‘सरकारमा आउनै पर्ने व्यक्ति पनि गठबन्धनका कारण आउन पाउनुभएको छैन, मलाई राम्रोसँग थाहा छ ’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।
देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनपछि बल्ल हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । त्यसमाथि प्रधानन्यायाधीशका आफन्तलाई समेत भागबण्डामा मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
प्रकाशित मिति : शनिबार, असोज २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्