काठमाण्डौ ।
गृह मन्त्री बालकृष्ण खाणले कुनै पनि हालतमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जोगाउनररोक्न निर्देशन दिनुभएको छ ।
हिजो आइतवार अतिक्रमणकारी र प्रहरीबीच झडप हुँदा चार जनाको ज्यान जानुका साथै कैयौँ व्यक्ति घाइते भएपछि आज सोमवार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।
गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको बैठकमा गृह मन्त्री खाणले शान्ति सुरक्षा कायम राख्दै औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिन निर्देशन दिनुभएको हो ।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई हटाउने क्रममा हिजो ठूलो झडप भएको थियो । झडपमा चार जना सर्वसाधारणको ज्यान गएको थियो । यस्तै १६ जना सर्वसाधारण र ४९ जना प्रहरी घाइते भएकोमा चार जना प्रहरीलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।
अतिक्रमणकारीले घरेलु हतियार र पेट्रोल बम प्रहार गरेपछि गोली चलाउन बाध्य भएको नेपाल प्रहरीले गृह मन्त्रीलाई जानकारी गराएको छ । बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु छ ।
प्रकाशित मिति : सोमबार, असोज २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्