रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जनको क्रममा एक युवाको मृत्यु

रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जनको क्रममा एक युवाको मृत्यु

भैरहवा – रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का २१ बर्षिय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।
कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुईमोहानमा मुर्ति विसर्जन गर्न आएका युवाको शव अबेर राती भारतीय गोताखोरले निकालेका थिए । शसस्त्र प्रहरी र नेपाल प्रहरीले राती सम्म शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिईएको थियो ।
भारतीय गोताखोरले शव फेला पारेपछि स्थानीयहरु नेपाली सुरक्षाकर्मीप्रति आक्रोशित भएका थिए । सोही क्रममा शवको मुचुल्का गर्न नदिने र पोष्टमार्टमको लागि पनि अवरोध गरिएको थियो । अवरोध गरिए पनि प्रहरीले सम्झाई बुझाई शव भैरहवा भिम अस्पतलामा ल्याई पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिए ।
दुर्गा मूर्ति बिर्सजनको क्रममा प्राय वर्ष जसो दुर्घटना हुने गरेको छ । गत वर्ष पनि एक युवाको यसै गरि मृत्यु भएको थियो । बिर्सजनलाई लिएर प्रहरीले उच्च सर्तकता अपनाउने गरे पनि दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : आइतबार, असोज ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij