बैतडीको ढुंगाडमा ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसे, हेलिकप्टर जान सकेन

बैतडीको ढुंगाडमा ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसे, हेलिकप्टर जान सकेन

बैतडी ।

बैतडीको सिगास गाउँपालिकाका ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसेका छन् । सिगास गाउँपालिकाको वडा नम्बर ५ ढुंगाडमा झन्डै ५० जना हिजो सोमवार रातिदेखि फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उज्यालोलाई जानकारी दिनुभयो ।

हिजो राति नदी बस्तीमा पसेपछि केही गाउँलेलाई विद्यालयमा लगेर राखिएको छ, तर उद्धारकै क्रममा नदी बढेर बस्ती डुबानमा परेपछि उनीहरू त्यहीँ फसेका हुन् ।

अहिले नदी बस्तीको वरिपरि फैलिएको छ । फसेका नागरिकको उद्धारका लागि आफूले बिहानै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरे पनि उद्धार हुन नसकेको अध्यक्ष सिंहको भनाइ छ ।

लगातारको ठूलो पानीका कारण हेलिकप्टर पनि प्रभावित क्षेत्रमा जान सकेको छैन ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij