मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने

मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने

सुर्खेत ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो।

परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पनि एक लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ। मुगु बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो।

बैठकले कोभिड–१९ को कारण मृत्यु भएका मृतकका परिवारलाई राहत वितरणसम्बन्धी कार्यविधिबमोजिम भुक्तानी गर्न निर्देशन दिएको छ। हालसम्म २८६ लाई दुई करोड ८६ लाख रूपैयाँ भुक्तानी भइसकेको तथा वितरण गर्न बाँकीको हकमा जिल्ला प्रशासन कार्यालयबाट कागजात यकिन गरी हकवालाको बैंक खातामा रकम पठाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्री कार्यालयको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

त्यस्तै, बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ३ उपनियम ९२० बमोजिम रिक्त सदस्य पदमा प्रदेशसभा सदस्य विमला केसी, चन्द्रबहादुर शाही र हिमबहादुर शाहीलाई मनोनीत गरेको छ।

प्रकाशित मिति : शनिबार, कार्तिक ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij