गुल्मी – गुल्मीमा खर काटने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।
जिल्लाको सत्यवती गाउँपालिका-५ हसराका ४९ वर्षीय तुल्सीराम भण्डारीको मंगलबार खर काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।
गुल्मीमै ट्र्याक्टरले ठक्कर दिँदा ७८ वर्षीया वृद्धाको मृत्यु भएको छ।
जिल्लाको गुल्मीदरबार गाउँपालिका-४ बीरबारमा लु ४ त २८४७ नम्बरको ट्र्याक्टरले बाटोमा हिँडिरहेकी गुल्मीदरबार गाउँपालिका-२ की ७८ वर्षीया देवकुमारी रानालाई ठक्कर दिँदा सिकिस्त भएकी थिइन्।
पाल्पामा उपचारको क्रममा उनको मृत्यु भएको जानकारी पाण्डेले दिए।
ट्र्याक्टरचालक गुल्मीदरबार गाउँपालिका-२ का २२ वर्षीय महेन्द्रकुमार घर्ती प्रहरीको नियन्त्रणमा रहेको पाण्डेले बताए।
प्रकाशित मिति : मंगलबार, कार्तिक १६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्