बुटवल ।
बुटवलको नयांगाउमा अलकत्र बोकेको गाडीमा आगलागी भएको छ।बुटवल उपमहानगरपालिका वडा नं १२ नयागाउ स्थीत नयागाउ माध्यमिक बिद्यालय अगाडीको चोकमा कालोपत्रे गरिरहेकै बेलामा अलकत्र बोकेको गाडीमा आगलागी भएको स्थानीयले बताएका छन्।
अलकत्र बोकेको गाडीमा आगलागी लाग्दा त्यहा नजीक रहेका स्थानीय गोपाल पाण्डे र मिना मरासिनीको घरमा समेत क्षति पुगेको छ। स्थानीय गोपाल पाण्डेको घरमा सामान्य क्षति भएको छ भने मिना मरासिनीको घरमा रहेको पसलको सामान सबै जलेर नष्ट भएको स्थानीय बताएका छन ।
अलकत्र बोकेको गाडीमा लागेको आगो स्थानीयले निभाउन नसकेपछि केहीबेर अघि बुटवल उपमहानगरपालिकाको दमकल र सैनामैना नगरपालिकाबाट पनि दमकलले पुगेर आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार वरपरको अरु घर हरुमा पनि सामान्य क्षति पुगेको र अलकत्र बोकेको गाडीमा आगो लागेको हुदा वरपरको अरु घर हरुमा सबै कालो ध्वासो पसी सबै समान खराब भएको बताएका छन
प्रकाशित मिति : सोमबार, कार्तिक २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्