काँग्रेसको १४ औं महाधिवेशन : रुपन्देही क्षेत्र नं. २ मा देउवा समुहको उम्मेदवारी घोषणा

काँग्रेसको १४ औं महाधिवेशन : रुपन्देही क्षेत्र नं. २ मा देउवा समुहको उम्मेदवारी घोषणा

बुटवल

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत निर्वाचन कार्यतालिका नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा समुहले रुपन्देहीको क्षेत्र नं. २ मा उम्मेदवारी घोषणा गरेको छ ।
सो समुहले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि उम्मेदवारी घोषणा गरेको हो । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आगामी मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय समिति र ६ गते प्रतिनीधि सभा क्षेत्रीय समितिको निर्वाचन हुँदैछ ।
अधिवेशनबाट नेतृत्व लिनको लागि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवा समुहबाट रुपन्देही २ मा प्रतिनीधि सभा क्षेत्रीय सभापतिमा काजिमान श्रेष्ठ र प्रदेश सभा ‘क’ मा माधवलाल देवकोटा तथा प्रदेश सभा ‘ख’ मा रामेश्वर श्रेष्ठले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पार्टी बिधानअनुसार प्रदेश सभा क्षेत्रीय समितिका सभापति प्रतिनीधि सभा क्षेत्रीय समितिमा स्वतः उपसभापति हुने व्यबस्था छ । उक्त समुहले प्रतिनीधि सभा क्षेत्रीय सचिवमा प्रजापाल गिरी र रामबहादुर थापा, सहसचिवमा आनन्दभगत श्रेष्ठ र सीता क्षेत्रीलाई अगाडि सारेको छ ।
प्रदेश सभा क्षेत्रीय समिति ‘क’ को उपसभापतिमा राजु गुरुङ र सीता गौतम खनाल, सचिवमा देवप्रसाद खनाल र असिम थापा तथा सहसचिवमा भेषराज पोखरेल र धनकुमारी खनाललाई अगाडि सारिएको छ । त्यस्तै प्रदेश सभा क्षेत्रीय समिति ‘ख’ को उपसभापतिमा सर्वजित केसी र प्रेमबहादुर बानिया, सचिवमा मीना जिसी र नारायण अधिकारी तथा सहसचिवमा नारायण खनाल र काशिराम शर्मा पौडललाई अगाडि सारिएको उम्मेदवारी घोषणा गर्दै महासमिति सदस्य युवराज गिरीले जानकारी गराउनु भयो ।
उम्मेदवारी घोषणा गर्दै महासमिति सदस्य गिरीले पार्टी सभापति शेरबहादुर देउवाको समर्थन र सहयोगको लागि आफूहरुको टिम बनेको बताउनु भयो । आफूहरुको टिमले जितेमा अधिवेशनमा प्रतिपर्धा गरेका साथिहरुलाई पनि उत्तिकै सम्मान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा क्षेत्रीय सभापतिका उम्मेदवार काजिमान श्रेष्ठ, प्रदेश सभा क्षेत्रीय सभापतिका उम्मेदवार द्वय माधवलाल देवकोटा, रामेश्वर श्रेष्ठ, क्षेत्रीय सचिव पदका उम्मेदवार प्रजापाल गिरीले पार्टीलाई ससक्त र गतिशिल बनाउन आफूहरुको उम्मेदवारी रहेको बताउनु भयो ।
त्यस अवसरमा नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण, पूर्व क्षेत्रीय सभापति हरिबहादुर आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, कार्तिक २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij