रोल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु‚ तीन घाइते

रोल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु‚ तीन घाइते

file photo

काठमाडौँ – रोल्पामा पिकअप जीप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । बिहान माडी गाउँपालिका ६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको जीप दुर्घटनामा हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने थप तीनजना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको डिएसपी सुवेदीले बताए ।

मृतक र घाइतेको परिचय खुलिसकेको छैन । ‘दुर्घटनास्थल निकै भिरालो छ,’ उनले भने, ‘तैपनि प्रहरीले अरू पनि दुर्घटनास्थलमा छन् कि भनेर खोजी गरिरहेको छ ।’ जीप नम्बर कति जना सवार थिए भन्ने पनि नखुलिसकेको डिएसपी सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : आइतबार, कार्तिक २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij