नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने

काठमाण्डौ ।

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता नगर्ने भएको छ । आज सोमवार बसेको बार एसोसिएशनको बैठकले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । प्रधानन्यायाधीश जबराले आज बिहान विज्ञप्ति निकालेर संवादका लागि आह्वान गर्दै संवादबाटै समस्याको समाधान गर्न सकिने बताउनुभएको थियो । तर प्रधानन्यायाधीशसँगको संवादले समस्या समाधान नहुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरासँग आफूहरूले कुनै किसिमको वार्ता नगर्ने भन्दै राजीनामा मात्रै विकल्प भएको बताउनुभयो । प्रधानन्यायाधीश जबराले सरकारमा मन्त्री भाग मागेको आरोपपछि सुरु भएको सर्वोच्च अदालतको विवाद बढ्दै गएको छ । नेपाल बारको अगुवाइमा कानुन व्यवसायीले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिँदै आएका छन् । प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी राख्ने नेपाल बारले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij