काठमाडौँ – नेपाल पत्रकार महासंघले राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका पत्रकारको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ । आइतबार विज्ञप्तिमार्फत महासंघमा आबद्ध पत्रकारहरूले विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ ।’
राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिने बताएको छ ।
महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी नै नेपाली कांग्रेसको संघीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी छन् । यस्तै महासंघमा आबद्ध अन्य पत्रकारहरु पनि विभिन्न राजनीतिक दलको उम्मेदवार र प्रतिनिधि बनेपछि विरोध भइरहेको छ ।

प्रकाशित मिति : आइतबार, मंसिर ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्