कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण

कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण

बुटवल – नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाण निर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा खाणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए ।

सभापतिमा निर्वाचित खाण संस्थापन समूहका हुन् । गृहमन्त्री बालकृष्ण खाणका भाइसमेत रहेका खाण जिल्ला सचिव थिए । पार्टीको अधिवेशनलाई लक्षित गरी गृहमन्त्री खाण झण्डै एकसाता रुपन्देहीमै बसेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य भरत शाहलगायतसँग छलफल गरेर निर्विरोध भएका हुन् । उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध भएका छन् । अनिता भरत शाहकी श्रीमती हुन् ।

सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिए । यस्तै जिल्ला कार्य समिति सदस्यहरूमा पनि निर्विरोध भएको छ ।

प्रकाशित मिति : शनिबार, मंसिर ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij