तिलोत्तमामा नगरस्तरीय सरसफाई ७९ औं श्रृंखलामा

तिलोत्तमामा नगरस्तरीय सरसफाई ७९ औं श्रृंखलामा

 

तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित सरसफाई अभियान; ७९ औं श्रृंखलामा पुगेको छ । कोभिड—१९ को कारण प्रभावित सरसफाई अभियानले केही समययता निरन्तरता पाएसँगै समुदाय स्तरमा हुने सरसफाईमा नगरबासीहरु पुनः सक्रिय हुन थालेका छन् । ७९ औं श्रृंखला अन्तर्गत् बुधबार वडा नं. २ को तपाहालाइनमा नगरस्तरीय सरसफाई गरिएको छ ।

नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न टोल विकास संस्था, क्लव, आमा समूहलगायतको सहभागितामा सरसफाई गरिएको हो । यस्तै नगरमा रहेका विभिन्न टोल विकास संस्थाहरुले समेत बुधबार आ–आफ्नो क्षेत्रमा सरसफाई गरेका छन् ।

तिलोत्तमाले पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणालाई प्रभावकारी बनाउन सरसफाई अभियानलाई प्राथमिकतामा राख्दै आएको छ । नगरपालिकाले हरेक महिनाको १ र १५ गते नगर स्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ भने टोल विकास संस्थाहरुले तोकिएका दिनका अतिरिक्त शनिबार वा सार्वजनिक बिदाको दिनमा समेत सरसफाई कार्यक्रम गर्दै आएका छन् ।

कोभिड—१९ को प्रभाव कम भएर जनजीवन सामान्य हुँदै जाँदा टोल विकास संस्थाहरु सरसफाईमा सक्रिय रुपमा जुट्न थालेको नगरपालिकाको वातावरण शाखाले जनाएको छ । सरसफाई अभियानलाई सम्बोधन गर्दै नगर प्रमुख बासुदेव घिमिरेले नगरलाई सफा, स्वच्छ, हराभरा बनाउने दायित्व सबै नगरबासीको भएको बताउँदै जथाभावी फोहोर गर्नेलाई कारवाही हुने स्पष्ट पार्नुभयो । सबैको सामूहकि प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै उहाँले अभियानमा सहभागी हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा उप–प्रमुख जागेश्वरी चौधरी, वडा नं. २ का वडाध्यक्ष दधिराम गौतमलगायतले सरसफाईमा स्थानीय समुदायको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो । सरसफाई अभियन्ताहरुले सुर्ती, गुट्खालगायत प्लाष्टिकजन्य फोहोरलाई जथाभावी नफाल्न सम्पूर्ण नगरबासीलाई आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : बुधबार, मंसिर १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij