इन्द्रमति विश्वकर्माको स्मृतिमा ३० लाखको अक्षय कोष स्थापना

इन्द्रमति विश्वकर्माको स्मृतिमा ३० लाखको अक्षय कोष स्थापना

बुटवल-स्वर्गिय इन्द्रमति सेन्चुरी विश्वकर्माको स्मृतिमा अक्षय कोष स्थापना गरिएकोे छ ।
बुटवल निवासी समाजसेवी ज्योतीलाल बिश्वकर्माले (इन्द्रज्योती बिश्वकर्मा कल्याण समाज)  सुभारम्भ गर्दै ३० लाखको अक्षयकोष स्थापना गर्नुभएको हो ।
बिस २००८ साल श्रावण ८ गते कृष्णगण्डकी गाबिस वडा नम्बर ६ मा जन्मिएकी इन्द्रमति बिश्वकर्माको २०७७ मंसिर १५ गते निधन भएको थियो ।
बिश्वकर्मा निधनको वार्षिकिको अवसरमा आयोजना गरेको कार्यक्रममा संस्थाका संरक्षक ज्योतीलाल विश्वकर्माले जीवनकाल पश्चात पनि आफ्नो सम्झनामा आफूहरुको नाम बाट निरन्तर भइरहोस भन्ने चाहाना अनुरुप श्रीमती इन्द्रमति बिश्वकर्माको स्वर्गबास भएपश्चात सम्झनामा सामाजिक काम गर्ने उद्देश्यले संस्थाको स्थापना गरेको बताए ।
संस्थाका अध्यक्ष दिपक विश्वकर्माले गाँउ समाजमा रहेको विभेदजन्य कुरीति कुसस्कार ,जातीय विभेद र छुवाछुत जन्य व्यवहारको अन्त्य गर्दै समतामुलक समाजको निर्माण गर्न, गरिवीका कारणले शिक्षा बाट बञ्चित अज्ञानताका कारण समस्यामा रहेका वालवालिकाहरुलाई सहयोग गर्दै शिक्षित र समतामूलक समाज निर्माणका साथै फरक क्षमता भएका दलित एवम विपन्न वर्गलाई आयआर्जनको कार्यक्रम सचालन गरि अति विपन्न वर्गको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग पुग्ने कार्यक्रम संचालन गर्न , समाजमा रहेको सामाजिक अगुवाहरुको सम्मान एवम प्रोत्साहन गर्न र दलित समुदायको शिपको आधुनिकिकरण गर्न इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजले काम गर्ने जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा न ५ का अध्यक्ष तेज प्रसाद सुनारले इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजले सामाजिक काममा परिवार र समाज परिवर्तन मा योगदान पु¥याएकि बिश्वकर्माको स्मृतिमा कोष स्थापना गर्ने र उहाँलाई कालान्तरसम्म जिवन्त राख्ने काम अत्यन्त सह्रानिय भएको बताए ।
कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष जोगलाल बिक, सुनचाँदी महिला व्यवसायी समुह अध्यक्ष कमला बिक ,हरिओम बराल ,रबि सेन्चुरी ,पदम बिश्वकर्मा लगायतले बोल्दै समाजिक तथा शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए। कार्यक्रम गोकुल बिकको संचालनमा सम्पन भयो ।
इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजको संरक्षकमा ज्योतीलाल बिश्वकर्मा,अध्यक्षमा दिपक कुमार बिश्वकर्मा , सचिवमा लाल बहादुर बिश्वकर्मा , कोषाध्यक्षमा प्रदिप बिश्वकर्मा ,सदस्यमा शान्ती बिश्वकर्मा ,रितु बिश्वकर्मा ,एलिसा सेन्चुरी,सौरम सेन्चुरी रहेका छन् ।

प्रकाशित मिति : बुधबार, मंसिर १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij